ad ad

राजनीति


निर्वाचन आयोगले भन्योः १२ बजेसम्म २५ प्रतिशत मतदान

निर्वाचन आयोगले भन्योः १२ बजेसम्म २५ प्रतिशत मतदान

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ७:३३,

३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी छ।

७ बजेदेखि सुरू भएको मतदानमा बिहान १२ बजेसम्म २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

देशभर निर्वाध मतदान भइरहेको आयोगले जनाएको छ। र, मतदान साँझ पाँच बजेसम्म रहनेछ।

मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ।

कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचनको मतदान जारी छ।

त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचनको मतदान जारी छ । विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ।

कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै भक्तपुर, बागलुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन्। अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .