नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
प्रधानमन्त्री ओलीको मंगलबार महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो।
अप्रेसनपछि अध्यक्ष प्रचण्ड प्रधामन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ। वीरगञ्जबाट कार्यक्रम सकेर काठमाडौँ फर्केका प्रचण्ड सिधै प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका हुन्।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शल्यक्रियामा संलग्न डाक्टरहरुसँग स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिएका थिए। डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने बताएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले बताए।
प्रतिक्रिया