रुपन्देहीमा नेकपा (एमाले)ले सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ।
एमालेको सचिवालय बैठकले हिजो बुटवल उपमहानगरको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालको नाम टुंगो लगाएको थियो। आज प्रदेश कमिटीको बैठकले अरु नगरपालिका र गाउँपालिका उम्मेदवार टुंग्याएको हो।
जस अनुसार देवदह नगरपालिकामा प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, तिलोत्तमा नगरपालिकामा प्रमुख मोहन चापागाई र उपप्रमुख जागेश्वरीदेवी चौधरी रहेका छन्।
मेयर नयाँ उम्मेदवार र उपप्रमुख दुवै पुराना हुन्।
सैनामैनामा दुवै पुरानै उम्मेदवार दोहोरिएका छन्। जस अनुसार प्रमुखमा चित्रबहादुर कार्की र उपप्रमुखमा विना राना उम्मेदवार बनेका छन्। सिद्धार्थनगर नगरपालिका दुवै जना नयाँ उम्मेदवार रहेका छन्। प्रमुखमा रामप्रसाद बश्याल र उपप्रमुखमा उमा अधिकारी उम्मेदवार बनेका छन्।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा रमावती यादव प्रमुख र कल्पना हरिजन उप्रमुखको उम्मेदवार बनेका छन्।
यस्तै, ओमसतीया गाउँपालिको अध्यक्षमा मन्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद, रोहिणी गाउँपालिकाको अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा बसन्ती पाण्डे, मायादेवी गाउँपालिकामा लाला लोध र उपाध्यक्षमा सन्नु चाई रहेका छन्।
मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा कमलेस यादव र उपाध्यक्षमा बिन्द्रावती गौडले टिकट पाएका छन् भने सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध तथा कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा मायाँ साहनी उम्मेदवार बनेका छन्।
यसैगरी, गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जैसवाल, कञ्चन गाउँपालिका अध्यक्षमा दिननाथ आचार्य र उपाध्यक्षमा ओमकला राहडीलाई उम्मेदवार बनाइएको छ।
यता, शुद्धोधन गाउँपालिकामा किशुनचन्द्र चौधरीलाई अध्यक्षको उम्मेदवार र शान्तादेवी ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ।
यसैगरी, सियारी गाउँपालिकाको अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङले उम्मेदवारी दिने भएका छन्।
Shares
प्रतिक्रिया