ad ad

राजनीति


बाजागाजासहित निर्वाचन कार्यालय पुगे हमाल, धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी

बाजागाजासहित निर्वाचन कार्यालय पुगे हमाल, धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी

गोकुल जोशी
बैशाख ११, २०७९ आइतबार १२:३७, महेन्द्रनगर

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा  व्यवसायी गोपाल हमालले मनोनयन दर्ता गराएका छन्।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। 

हमाल उम्मेदवारी दर्ता गराउन बाजागाजा तथा र्‍याली लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रक्रिया आइतबारदेखि सुरु भएको छ।

आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ। 

धनगढीको मेयरमा व्यवसायी हमालले मनोनयनको पहिलो दिनमै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .