ad ad

राजनीति


टिकट नपाएपछि वडाध्यक्ष माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवार

टिकट नपाएपछि वडाध्यक्ष माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवार

फाइल तस्बिर : वडाध्यक्ष बलबहादुर ऐर


गोकुल जोशी
बैशाख ११, २०७९ आइतबार १०:६, महेन्द्रनगर

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष बलबहादुर ऐरले नेकपा माओवादी केन्द्र छाडेका छन्। 

आसन्न स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उम्मेदवार बन्न चाहेका उनी अब धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गोपाल हमालको समूहबाट उम्मेदवारी दिने भएका छन्। 

केन्द्रमा भएको तालमेलन सहमतिअनुसार धनगढी उपमहानगरपालिकाका मेयर नेपाली कांग्रेस र उपमेयर पद माओवादी केन्द्रको भागमा परेको छ।

माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार बन्न ऐरले वडाध्यक्षबाट राजीनामा दिइसकेका छन्। तर आफ्नो पार्टी माओवादी केन्द्रबाट उपमेयर वा वडाध्यक्ष केहीको पनि टिकट नमिल्ने भएपछि ऐरले पार्टी छाडेर मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई सघाउने भएका हुन्।

‘नेताहरुको हेपाहा प्रवृत्ति सहन सकिएन। तलका कार्यकर्तालाई माथिबाटै पेलेर जान थाले,’ उनले भने,  ‘त्यसैले पार्टीमा बस्न नसकिने अवस्था सिर्जना भयो।’

उनका अनुसार वडा नम्बर ३ का माओवादी केन्द्रका २३ जना वडा सदस्य र एक सय ७५ जना पार्टी सदस्यले पार्टी छाडेका छन्।

ऐरले धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार हमालको समूहबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।

‘उपमेयर वा अध्यक्षमध्ये एक पदमा स्वतन्त्र उम्मेदवारी दिन्छु’,  साथीहरुसँग अहिले छलफल गर्दैछु,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .