ad ad

राजनीति


कांग्रेस-माओवादीले बेवास्ता गरे, एक्लै लड्दै एकीकृत समाजवादी

कांग्रेस-माओवादीले बेवास्ता गरे, एक्लै लड्दै एकीकृत समाजवादी

फाइल फोटो


गोकुल जोशी
बैशाख ९, २०७९ शुक्रबार २१:३६, महेन्द्रनगर

कैलालीमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादी गठबन्धनसँग रुष्ट भएको छ।

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको आसन्न स्थानीय तह निर्वाचनका लागि भएको भागबन्डामा असन्तुष्टि व्यक्त गर्दै समाजवादीले एक्लै चुनाव लड्ने तयारी गरेको हो।

उपमहानगरको मेयर र उपमेयर केन्द्रले टुङ्ग्याए पनि वडाध्यक्ष भागबन्डाका लागि सत्ता गठबन्धनमा कुनै छलफल नभएपछि समाजवादीले एक्लै चुनाव लड्ने तयारी गरेको एकीकृत समाजावादीका धनगढी नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए।

‘मेयर र उपमेयरमा हाम्रो पनि दाबी थियो। तर केन्द्रले भागबन्डा गर्दा हाम्रो भागमा परेन,’ उनले भने, ‘वडाहरूमा हामीले उम्मेदवार सिफारिस गरिसकेका छौँ। वडा बाँडफाँडका लागि गठबन्धनमा कुनै छलफल भएको छैन।’

मनोनय दर्ताको दिन नजिकिएसँगै सत्तागठबन्धनमा वडाका बाँडफाँडका बारेमा अझै कुनै छलफल नभएकाले आफूहरु एक्लै चुनावी मैदानमा उत्रिने तयारी गरिरहेको उनी बताउँछन्। 

‘१९ वटै वडाका वडाअध्यक्ष र सदस्य सिफारिस उम्मेदवारसँग आज अभिमुखीकरण थियो। त्यस कार्यक्रममा गठबन्धनले वास्ता नगरेकाले एक्लै लड्नु पर्ने सबैले भनेका छन्,’ उनले भने, ‘त्यसको तयारीमा जुटेका छौँ।’ 

वडाध्यक्षमा एक्लै लड्नु परे प्रमुख उपप्रमुख पनि एक्लै लड्न पाउनु पर्ने भन्दै केन्द्रलाई अनुरोध गर्ने निर्णय भएको उनको भनाई छ। 

‘मेयर उपमेयरको केन्द्रले सहमति गरेको हो। त्यसैले वडाध्यक्ष एक्लै लडे प्रमुख र उपप्रमुख पनि एक्लै लड्न पाउनु पर्छ भनेर अनुरोध गर्छौं’ उनले भने।

सत्ता गठबन्धनको केन्द्रमा भएको सहमति अनुसार धनगढी उपमहानगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .