नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले पार्टी परित्याग गरेको बताएका छन्।
जिल्ला कार्यसमितिमा उनले साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएका हुन्। बुटवल उपमहानगर समितिले खेलराज पाण्डेको मात्र प्रमुखमा उम्मेदवारी सिफारिस गरेपछि लम्साल असन्तुष्ट बनेका थिए।
पाण्डेसँगै उनीपनि बुटवल उपमहानगरको मेयरको आकांक्षी थिए।
नेपाली कांग्रेस बुटवल नगर समितिका सभापतिले कुनै परामर्श नगरी उम्मेदवार सिफारिस गरेकोप्रति असन्तुष्टी जनाउँदै उनले राजीनामा दिएको घोषणा गरेका छन्।
राजीनामा पत्रमा लम्सालले उपमहानगर समितिका नाममा सभापतिले एकल नगरप्रमुख सिफारिस गरेको र विधान अनुरुप प्रदेश क्षेत्र र क्षेत्रीय समितिलाई जानकारी नै नदिएको उल्लेख गरेका छन्।
‘ति समितिले आफ्नो राय पेश गर्न नदिइ जिल्ला समितिमा बुझाउनु अनि जिल्ला समितिले त्यस्तो अवैधानिक सिफारिसलाई स्वीकार गर्नु विधान विपरित र घोर अप्रजातान्त्रिक काम हो’ उनले लेखेका छन्।
आफ्नो कुरा जिल्ला र केन्द्रीय नेतृत्वसँग आवाज उठाउँदा कुनै सुनुवाइ नभएको लम्सालको भनाइ छ।
केही दिनअघि बुटवल उपमहानगर समितिले नगर सभापति खेलराज पाण्डेको मात्र उम्मेदवारी सिफारिस गरेपछि लम्सालसहित १३ जनाले कांग्रेसको प्रदेश कार्यालयलाई निवेदन बुझाएर ध्यानाकर्षण गराएका थिए।
Shares
प्रतिक्रिया