राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीबाट उम्मेदवार बनेर जनप्रतिनिधि बन्नेलाई अनियमितता गर्ने छुट नभएको बताएका छन्। अरु दलले जस्तो मिलाएर खाइन्छ भनेर उम्मेदवार बनेको भए तत्काल छोड्न आग्रह गरे।
राप्रपाले बुटवलमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष लिङदेनले कुनै पालिकामा उठ्न लायक मान्छे नभए खाली छाड्ने उल्लेख गरे।
‘कांग्रेस, एमाले माओवादीले त्यत्रो गरे हामीले पनि मिलाएर गरिन्छ भन्ने सोचेको छ भने अहिले छोड्दा हुन्छ’ उनले भने, ‘त्यो गाउँपालिकामा कोही उठ्न लायक मान्छे भेटिएनन् भने खाली छोडौंला।’
सभामा लिङदेनले उम्मेदवार बनेकाहरुलाई मन्दिर तथा मस्जिदमा गएर कसम खान आग्रह गरे।
अरु पार्टीका इमान्दार कार्यकर्तालाई राती बिउँझिँदा ऐँठन हुने गरेको उनले दाबी गरे।
‘ति पार्टीका इमान्दार कार्यकर्तालाई आह्वान गर्न चाहान्छु। रातभर ऐँठन भोग्न भन्दा राप्रपाको अभियानमा अगाडि बढौँ ’ उनले भने।
मुलुकको अवस्था समान्य देखिएपछि असामान्य रहेको लिङदेनले बताए। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच नियन्त्रण र सन्तुलनको अवस्था अहिले नभएको भन्दै देश असफलता तिर जान लागेको उल्लेख गरे।
कांग्रेस एमाले र माओवादीले ३२ वर्षदेखि नेपाली जनतालाई प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र अनेक नाममा झुक्याएर चक्रव्यूहभित्र कैद गरेको उनको आरोप छ।
Shares
प्रतिक्रिया