ad ad

राजनीति


बझाङमा टुंगियो भागबन्डा, माओवादी भन्दा एकीकृत समाजवादीलाई धेरै

बझाङमा टुंगियो भागबन्डा, माओवादी भन्दा एकीकृत समाजवादीलाई धेरै

गोकुल जोशी
बैशाख ७, २०७९ बुधबार १९:३४, महेन्द्रनगर

बझाङमा आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले भागबन्डा टुंग्याएका छन्।

बुधबार बसेको जिल्लाको सत्ता गठबन्धन बैठकले १२ स्थानीय तहमध्ये ७ नेपाली कांग्रेसलाई, ३ नेकपा एकीकृत समाजवादी र २ स्थानीय तह नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको हो । 

नेपाली कांग्रेसको भागमा २ नगरपालिकासहित ५ गाउँपालिका परेका छन्। जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, साइपाल गाउँपालिका मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका कांग्रेसले पाएको छ।

यस्तै, एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ।

माओवादी केन्द्रले भने दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ। यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसले ६, समाजवादीले २ र माओवादी केन्द्रले ४ पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .