ad ad

राजनीति


मन्त्री बडूको गृहजिल्लामा समाजवादीलाई पाखा लगाउँदै कांग्रेस–माओवादीबीच भागबन्डा

मन्त्री बडूको गृहजिल्लामा समाजवादीलाई पाखा लगाउँदै कांग्रेस–माओवादीबीच भागबन्डा

गोकुल जोशी
बैशाख ७, २०७९ बुधबार १७:३५, महेन्द्रनगर

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा सत्ता गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनको भागबन्डा टुङ्ग्याएका छन्। 

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)लाई छाडेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह भागबन्डा गरेका हुन्। 

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा एक स्थानीय तहको प्रमुख उपप्रमुख मात्रै जितेको माओवादी केन्द्रलाई भागबन्डाले राहत मिलेको छ। 

नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री बडूको गृहजिल्ला दार्चुलाका  ९ स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले लिने सहमति भएको छ। 

यस्तै, २ वटा पालिका उपाध्यक्ष माओवादी केन्द्रले पाउने र ७ वटाको उपप्रमुख वा उपाध्यक्ष कांग्रेसले पाउने गरी दुई दलले सहमति गरेपछि एकीकृत समाजवादीका नेताहरु असन्तुष्ट देखिएका छन्।

‘यस्तो सहमतिमा हाम्रो आपत्ति छ। जिल्ला संयन्त्रमा भएका हाम्रा प्रतिनिधिका कुरा नसुनेर दुई पार्टी मिलेर पेल्ने काम भयो,’ समाजवादीका जिल्ला इन्चार्ज नरेन्द्र विष्टले भने, ‘यसबारेमा प्रदेश संयन्त्रमा कुरा उठाउछौँ।’

उनका अनुसार महाकाली र शैल्यशिखरमा मिल्ने अवस्था हुँदाहुँदै एकतर्फी ढंगले समाजवादीलाई पेल्ने काम भएको छ। माओवादी केन्द्रलाई दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ।

कांग्रेसले महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ।

दुई नगरपालिका सहित ९ स्थानीय तह रहेको दार्चुलामा वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ४ स्थानीय तहमा उपप्रमुख (शैल्यशिखर, महाकाली, व्याँस, दुहुँ) र एक स्थानीय तहमा प्रमुख (मालिकार्जुन) मात्रै जितेको थियो। 

यस्तै, नेकपा एमालेले ३ स्थानीय तहमा प्रमुख उपप्रमुख (लेकम, नौगाड, अपिहिमाल) र एक स्थानीय तहमा उपप्रमुख (मालिकार्जुन) तथा माओवादी केन्द्रले एक स्थानीय तह (मार्मा गाउँपालिका)मा मात्रै प्रमुख उपप्रमुख जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .