ad ad

राजनीति


अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेता हेलिकप्टर चढेर बझाङ आउँदै

अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेता हेलिकप्टर चढेर बझाङ आउँदै

फाइल तस्बिर


गोकुल जोशी
चैत २८, २०७८ सोमबार १०:३५, महेन्द्रनगर

आसन्न स्थानीय तहकाे निर्वाचनकेन्द्रित आमसभालाई सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ आउँदै छन्। एमाले बझाङले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउन लागेका हुन्। 
बझाङ सदरमुकाममा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले बझाङका अध्यक्ष अफिलाल ओखेडाले बताए ।

‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। जनतामा एमाले मजबुत रहेको देखाउन शक्ति प्रदर्शन गरिरहेका हौँ,’ उनले भने, ‘अध्यक्ष ज्यू हेलिकप्टरमार्फत आउनुहुन्छ।’

उनका अनुसार कार्यक्रममा ३०/४० हजार भन्दा बढी मानिसको सहभागीता रहने अनुमान गरिएको छ।

‘अहिले ११ बजे विभिन्न ठाउँमा र्याली निस्किन्छ,’ अध्यक्ष ओखेडाले नेपालखबरसँग भने, ‘२ बजे कार्यक्रम सुरु गरिनेछ। हजारौँको संख्यामा मानिस एमाले प्रवेशको तयारी पनि छ।’

चुनाव नजिकिँदै जाँदा देश दौडाहामा रहेका अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेललगायत नेता पनि बझाङ आउँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .