लुम्बिनी सरकारले प्रदेशको स्थायी राजधानीको गुरुयोजना स्वीकृत गरेको छ।
प्रदेश मन्त्रिपरिषदको बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै दाङको देउखुरीमा तयार गर्न थालिएको स्थायी राजधानीको गुरुयोजना स्वीकृत गरेको हो।
२०७७ असोज २० गते राप्ती उपत्यका दाङको देउखुरीमा स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश सभाले पारित गरेको थियो। राजधानी शहर निर्माण गर्न प्रदेश पूर्वाधार प्राधिकरणले गुरुयोजना बनाएर सरकारलाई बुझाएको थियो।
मन्त्रिपरिषद्ले परिमार्जन सहितको सञ्चार विधेयक सदनमा पेश गर्ने गरी स्वीकृत गरेको समेत आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले बताए।
विसं २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक पर्व एवम् बिदासमेत स्वीकृत गरेको समेत सरकारका प्रवक्ता तिलकराम शर्माले बताए।
प्रदेश सरकारले पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले सदस्यमा चित्र बलिराम सुवाल र शान्ता सारु (पाल्पा) लाई मनोनीत गरेको छ। लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ।
बैठकले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको छ।
प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८, लालमटिया स्वास्थ्य चौकी, भालुबाङ, दाङलाई ५० शय्यामा स्तरोन्नती गरी प्रदेश सञ्चालन ल्याउन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
Shares
प्रतिक्रिया