ad ad

राजनीति


चुनाव हार्ने डरले ओलीको सातो गयो : नेपाल

चुनाव हार्ने डरले ओलीको सातो गयो : नेपाल

गोकुल जोशी
चैत २०, २०७८ आइतबार १९:२२, महेन्द्रनगर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव हार्ने डरले बर्बराउन थालेको टिप्पणी गरेका छन्। 

आइतबार एकीकृत समाजवादी बेदकोट नगर कमिटीले आयोजना गरेको चुनाव केन्द्रित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको दिमाग खराब भएकाले बर्बराउने गरेको आरोप लगाए। 

‘पछिल्लो समय ओलीको दिमागले काम गर्न छोडेको छ, चुनाव हार्ने डरले उनको सातो गएको छ,’ उनले भने, ‘त्यसैले गालीगलौजमा उत्रिएका छन्।’ 

ओलीले राजासँग मिलेर राजतन्त्र फिर्ता ल्याउन खोजेको पनि उनको आरोप छ। तर देशमा राजतन्त्र कदापी नफर्किने उनको दाबी छ।

‘हामी राजतन्त्रलाई फर्किन दिँदैनौँ। इतिहास पछाडि फर्किँदैन,’ उनले भने, ‘यस्तो दुस्साहस नगरे हुन्छ।’

नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताउँदै उनले कलमको प्रचारप्रसारमा जुट्न कार्यकर्तालाई निर्देशन दिए। 

‘सूर्यमा ग्रहण लागिसक्यो। खोलोमा बगाइदिनूस्,’ उनले भने, ‘कलम चिन्हको प्रचारप्रसारका लागि घरघर जानूहोस्।’

एकीकृत समाजवादी देशभर बलियो बन्दै गएको बताउँदै अध्यक्ष नेपालले चुनावमा एमाले पछार्ने दाबी पनि गरे। 

‘राष्ट्रिय सभाको चुनावदेखि हाम्रो विजयी सुरुवात भयो,’ उनले भने, ‘एमालेलाई धुलो चटाएका छौं, स्थानीय तह चुनावमा एमालेलाई पछार्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .