ad ad

राजनीति


चीनले अमेरिकालाई भन्योः दक्षिण चीन सागरतर्फ पाखुराको धाक नदेखाऊ

चीनले अमेरिकालाई भन्योः दक्षिण चीन सागरतर्फ पाखुराको धाक नदेखाऊ

नेपालखबर
मंसिर २, २०७६ सोमबार १०:२३,

ताइवानको विषयमा नयाँ अनिश्चितताहरु थपिएको समयमा अमेरिकाले दक्षिण चीन सागरतर्फ पाखुराको धाक देखाउन नहुने चिनियाँ रक्षामन्त्री वि फेंगीले बताएका हुन्।

सोमबार वि फेंगीले अमेरिकी रक्षा सचिव मार्क एस्परसँग भेटेरै यस्तो बताएका हुन्।

दुईहप्ता अगाडि मात्र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीहरुले उक्त क्षेत्रमा चीनले दिएको चेतावनीको विरोध गरेका थिए।

बैंककमा फेंगी र एस्परबीच भेट भएको थियो। चीनले दक्षिण चीन सागरका अधिकाँश उर्जायुक्त पानी आफ्नो भएको दाबी गर्दछ।

China US defence ministers

फेंगी र एस्पर

चीनले सागरका विभिन्न स्थानमा मानवनिर्मित टापुहरु बनाएको छ। जहाँ उसले सैन्य पोस्टहरु खडा गरेको छ।

ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवानले पनि दक्षिण चीन सागरका विभिन्न क्षेत्रहरु आफ्नो भएको दाबी गर्दै आएका छन्।

चीनले दक्षिण चीन सागरमा सैन्य शक्तिको आडमा अन्य एसियाली मूलुकलाई प्रभावमा पार्न खोजेको अमेरिकी आरोप रहेको छ।

समय समयमा अमेरिकी पानी जहाजहरु चीनले दाबी गर्दै आएका क्षेत्रहरुमा प्रवेश गर्ने गर्दछ। यसबीचमा चीनको पछिल्लो अभिव्यक्ति आएको हो। अल्जाजिरा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .