ad ad

राजनीति


सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिन्छः मन्त्री पण्डित

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिन्छः मन्त्री पण्डित

नेपालखबर
मंसिर २, २०७६ सोमबार ८:५,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन्।

प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए।

मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्नतिर सरकार लागेकोसमेत बताए। ‘अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन्। हामीले पनि कानून बनाएर दिन ढिलो ग¥यौँ’, उनले भने, ‘अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौँ।’ उनले संविधानमा भएको स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई बाँडफाँट गरी दिइने तयारीसमेत भइरहेको जानकारी दिए।

प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध भएमात्र संघीयता कार्यान्वयनमा सहज हुने भन्दै प्रतिष्ठानले अहिलेसम्म प्रदेश नं १, प्रदेश नं २, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा तीन तहको अन्तर तह सम्बन्ध कार्यक्रम सञ्चालन गरेको बताए। सम्मेलनमा जापान, भारतलगायत देश र काठमाडौँ उपत्यकाका जनप्रतिनिधिको सहभागिता रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .