विवेकशील नेपाली दलले नेपाल पत्रकार महासंघद्वारा शुक्रबार पोखरामा आयोजित प्रतिनिधि सभा उपनिर्वाचन उम्मेदवार सम्वाद् कार्यक्रममा सबै उमेदवारलाई सहभागी नबनाएकोमा आपत्ती जनाएको छ।
‘दलका प्रतिनिधि र स्वतन्त्र रुपमा कास्की–२ का ७१,८२१ मतदाताहरूलाई साक्षी राखी निर्वाचनमा होमिएका उम्मेदवारहरु मध्ये सीमित चारजना उम्मेदवारहलाई मात्र निम्ता गरी मञ्चन गरिएको उम्मेदवार सम्वाद् कार्यक्रम अत्यन्तै विभेदकारी रहेको हाम्रो ठम्याइ छ,’ सो दलले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘निर्वाचनमा नागरिकबाट अनुमोदन नहुँदासम्म सम्पूर्ण उम्मेदवारको हैसियत बराबर रहन्छ भन्ने स्थापित मान्यतालाई नजर अन्दाज गर्नु खेदजनक छ।’
उसले सामाजिक तथा नागरिक संस्थाहरू अझै संकीर्ण लोकतन्त्रको चौघेराबाट बाहिर निस्किन नसकेको आरोप लगाएको छ।
प्रतिक्रिया