नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
बुधबार दिनभर बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभासहित प्रदेशसभा र स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको हो।
उम्मेदवादी मनोनयन गर्ने कार्यतालिका बिहीबार रहे पनि त्यसको एक दिन अघि मात्रै कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।
कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत कास्की २ मा पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ भने प्रदेशसभा अन्तर्गत बागलुङ क्षेत्र नं. २ (ख)मा जित शेरचन, दाङ क्षेत्र ३ (ख)मा केशव आचार्य र भक्तपुर क्षेत्र नं. १ (क) मा कृष्ण भँडेललाई उम्मेदार बनाएको छ।
त्यस्तै स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईलाई उम्मेदवार बनाएको सहमहामन्त्री प्रकाशशरण महतले नेपालखबरलाई जानकारी दिए। महतले स्थानीय तहका अन्य वडाहरुमा समेत उम्मेदवारको टुंगो लगाएको बताए।
Shares
प्रतिक्रिया