सरकारले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात प्रदेश प्रमुखलाई बर्खास्त गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुख सिफारिस गरेको हो।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले सिफारिस गरेको हो।
मन्त्रिपरिषदले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश, विष्णु प्रसाईं प्रदेश ३ को प्रमुखमा सिफारिस गरेको हो। त्यस्तै गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको हो।
प्रतिक्रिया