नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन्।
उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्। उनीसँग बुद्धिमान गुरुङले प्रतिस्पर्धा गरेका थिए।
यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसको सभापति पदमा केशवप्रसाद निर्दोषी विजयी भएका छन्।
प्रतिस्पर्धी पुण्डरीप्रसाद बराललाई हराएर उनी कांग्रेसको क्षेत्र नम्बर २ सभापति बन्न सफल भएका हुन्।
कास्की कांग्रेसमा केन्द्रमा जस्तो गुट नभए पनि आफूअनुकूलका नेताहरूको प्यानल बनाइएको थियो।
यस्तै कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस सभापतिका लागि मनोज गुरुङ र खिमलाल बास्तोलाबीच प्रतिस्पर्धा भएको छ। चुनावको अन्तिम नतिजा आइसकेको छैन।
यी पनि :
–कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : कास्की २ मा खुलातर्फ दुई मन्त्रीसहित व्यवसायी किरण केसी विजयी
–कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : मुख्य सचिव पौडेलसहित चर्चित नेताले हारे
–कांग्रेस महाधिवेशन प्रतिनिधि : ललितपुर–३ मा खुलातर्फ तरुण दलका अध्यक्ष बस्नेतसहित ११ जना चयन (सूची)
–गृहमन्त्री खाँणका निजी स्वकीय सचिव कांग्रेस महाधिवेशन प्रतिनिधिमा हारे
Shares
प्रतिक्रिया