ad ad

राजनीति


धनुषाका थप ३ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन, ७ पालिकामा आज अधिवेशन

धनुषाका थप ३ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन, ७ पालिकामा आज अधिवेशन

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ८:७, काठमाडौँ

धनुषाका थप तीनवटा स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। सोमबार भएको अधिवेशनले मिथिला नगरपालिकामा जोगी महतो, गणेशमान चारनाथ नगरपालिकामा सामसुख यादव र धनौजी गाउँपालिकामा रामनारायण यादव सभापतिमा चयन गरेको छ। 

गणेशमान चारनाथमा निर्वाचन र मिथिला र धनौजीमा सर्वसहमति रुपमा पालिका कमिटी चयन भएको कांग्रेस धनुषाका उपसभापति सन्तोष यादवले जानकारी दिए। 

यसअघि आइतबार धनुषाका ८ वटा पालिकामा भएको अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको थियो। जनकपुरधाम उपमहानरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव, हंसपुर नगरपालिकामा जयनारायण कापडी, धनुषाधाम नगरपालिकामा चन्द्रदेव यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव, लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र औरही गाउँपालिकामा युगल सिंह कांग्रेस सभापति चयन भएका छन्। 

आज धनुषाका बाँकी ७ वटा पालिकामा निर्वाचन मार्फत् नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ। 

धनुषाको ७ वटा पालिकामा पार्टी भित्रको तीनगुटको आ–आफ्नै अडानको कारण सर्वसम्मतीबाट कमिटी चयन हुन नसकेको कांग्रेसका नेताहरुले जनाएका छन्।

धनुषमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र आसन्न महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका देउवा खेमाकै कांग्रेस उपभासपति विमलेन्द्र निधिका पक्षधरबीच तीव्र प्रतिस्पर्धा छ। 
 
सबैला नगरपालिका, मिथिलाबिहारी नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, सहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिका र बटेश्वर गाउँपालिकामा आज निर्वाचन हुने कांग्रेस धनुषाले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .