प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पाँच बजेका लागि बोलाएको आकस्मिक बैठक सरेको छ।
आजै दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। सो बैठकले मेडिकल काउन्सिलको अध्यक्षतामा भगवान कोइरालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो।
पहिलो बैठक सम्पन्न भएको केही समयमै प्रधानमन्त्री ओलीले आजै (आइतबार) साँझ ५ बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए।
तर, मन्त्री परिषदको सो बैठक साँझ साढे ६ बजेका लागि सरेको हो।
प्रतिक्रिया