ad ad

राजनीति


माओवादी स्थायी कमिटी पेरिस डाँडामा, सदस्यता वितरणबारे समीक्षा हुँदै

माओवादी स्थायी कमिटी पेरिस डाँडामा, सदस्यता वितरणबारे समीक्षा हुँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १४:५९, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिस डाँडामा बसिरहेको छ। 

बिहान साढे ११ बजेदेखि शुरु भएको बैठक अहिले जारी छ। यो बैठकमा समसामयिक राजनीति, पुसमा हुने भनिएको राष्ट्रिय सम्मेलन, संगठन सुदृढीकरणसहितका विषयमा छलफल भइरहेको छ।

माओवादी केन्द्रले पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने तयारी छ। माओवादीले कात्तिक २५ गतेसम्म सदस्यता नवीकरण गरिसक्ने भएको छ। 

माओवादीले ३० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको थियो। तर अपेक्षित रुपमा सदस्यता वितरण हुन नसकेकोबारे समीक्षा भइरहेको छ। 

माओवादीले पहिलो पटक व्यवस्थित रुपमा सदस्यहरुको विवरण सफ्टवेयरमार्फत अद्यावधिक गरिरहेको छ।

माओवादीले यसअघि दुई पटकसम्म राष्ट्रिय सम्मेलन कार्यतालिक परिवर्तन गरेको थियो। 

निर्धारित मितिमा सदस्यता नवीकरण भइनसक्ने भएपछि सम्मेलनको मिति हेरफेरबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .