ad ad

राजनीति


सर्वोच्चमा विवाद : आन्दोलित न्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने

सर्वोच्चमा विवाद : आन्दोलित न्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १२:४३, काठमाडौँ

सर्वोच्च अदालतमा १७ दिनदेखि आन्दोलित न्यायाधीशहरूले मंगलबार पनि बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने भएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनकारी न्यायाधीशहरूलाई पेलेर मंगलबार सबै खालका मुद्दाको पेशी तोकेका थिए।

तर आन्दोलित न्यायाधीशहरूले पूर्ववत् अडान अनुसार बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने भएका हुन्। 

मंगलबार न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको मुद्दा पेशी चढेको थियो।

उक्त मुद्दामा सुनुवाइ गरेका न्यायाधीशद्वयले बाँकी मुद्दालाई हेर्न नभ्याइने भन्दै छाडेका छन्। 

अन्य न्यायाधीशहरूले पनि पेशीमा चढाइएका बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने भएका छन्। 

उता नेपाल बार एसोसियसनले जबराविरुद्धको आन्दोलन कडा बनाउने क्रममा बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घण्टा बहस बहिष्कार गर्ने घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .