वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको न्यायाधीशहरूले व्याख्या गर्नुपर्ने बताएका छन्।
नेपाल बार एसोसिएसन परिसरमा मंगलबार आयोजित विरोध प्रदर्शनका क्रममा सबै न्यायाधीशहरु एकातिर भएको अवस्थामा प्रधानन्यायाधीश नटिक्ने कुरा पुष्टि भइसकेको उनले बताए।
'सबै न्यायाधीशहरु विरोधमा उत्रिएकाले प्रधानन्यायाधीश टिक्दैनन् भन्ने प्रमाण पाइसकेका छौँ। अब न्यायाधीशको इन्क्वायरी गठन गर्नु जरुरी छ', उनले भने, 'अब न्यायाधीशहरूले के कस्तो अवस्थामा प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्छ भनेर संविधानमा भएका कुराको व्याख्या गरिदिनुपर्यो।'
उनले अन्य न्यायाधीशहरुलई पनि व्यक्तिगत स्वार्थ र साँठगाँठमा नलाग्न आग्रह गरे। 'तपाईंहरु के आधारमा आन्दोलन गरिरहनु भएको छ? त्यो कुरा पनि जनतालाई प्रष्ट बुझाइदिनुस्', उनले आन्दोलित न्यायाधीशहरूलाई भने, 'यसबारेमा नागरिकहरुलाई बताउनुपर्यो। सेवाग्राहीलाई थाहा होस्, तपाईंहरुको आन्दोलनको उद्धेश्य!'
Shares
प्रतिक्रिया