ad ad

राजनीति


कञ्चनपुरका ९२ वडामध्ये ८६ वटामा एमाले अधिवेशन सम्पन्न, कुनमा को अध्यक्ष?

कञ्चनपुरका ९२ वडामध्ये ८६ वटामा एमाले अधिवेशन सम्पन्न, कुनमा को अध्यक्ष?

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मा आयोजित एमालेको वडा अधिवेशन।


गोकुल जोशी
कात्तिक १३, २०७८ शनिबार १०:२२, काठमाडौँ

कञ्चनपुरका ९ स्थानीय तहका ९२ वडामध्ये ८६ वटामा एमालेले वडा अधिवेशन सकेकेकाे छ। शुक्रबार सम्पन्न अधिवेशनबाट ८६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरिरएको एमाले (कञ्चनपुर) ले जनाएको छ।

बाँकी ६ वटा वडामा भने नेतृत्वका लागि विवाद भइरहकाले अधिवेशन पूरा हुन सकेन। ती वडामा आज शनिबार गर्ने तयारी भइरहेको  एमाले (कञ्चनपुर) का कार्यालय सचिव कर्णबहादुर चन्दले जानकारी दिए। वडा नेतृत्वमा सर्वसम्मतका लागि सहमति जुटाउने प्रयास भइरहेको जानकारी पनि उनले दिए।

वेदकोटका १, ३ र १०, पुनर्वासका १ र ८ तथा शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ४ मा नेतृत्व लिने विषयमा विवाद भइरहेको हो। ​

यसबाहेक जिल्लाका अन्य सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन्।

एमाले कञ्चनपुर जिल्ला कमिटीका  अनुसार ​जिल्लाकाे सबैभन्दा ठूलो नगरपालिका भीमदत्तका १९ वटै वडामा सहमतिमै नेतृत्व चयन गरिएकाे हाे। यस्तै दोधारा–चाँदनीका १०, वेदकोटका ७, शुक्लाफाँटाका ११, कृष्णपुरका ९, बेलौरीका १०, पुनर्वासका ९, लालझाडीका ६ र बेलडाँडीका ५ वटा वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएका  छन्। 

कात्तिक ६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर एकसाथ वडा अधिवेशन उद्घाटन गरेका थिए।

बाढीले प्रभावित कञ्चनपुरमा भने कात्तिक ६ गते वडा अधिवेशन हुन नसकेकाे हाे। यसैकारण यहाँ १२ गते वडा अधिवेशन सुरु गरिएकाे हाे। 

पार्टीमा गुट, उपगुट नरहेको सन्देश दिन यसपटक एमालेले वडाबाटै सर्वसम्मत नेतृत्व चयन गरिरहेको छ।

कञ्चनपुरमा ८६ वटा वडामा सम्पन्न अधिवेशनबाट कुनमा काे अध्यक्ष?

भीमदत्त नगरपालिका
वडा नम्बर १ अध्यक्ष, गगनसिंह कार्की

वडा नम्बर २ अध्यक्ष, देवदत्त जोशी

वडा नम्बर ३ अध्यक्ष, डबलबहादुर सिंह

वडा नम्बर ४ अध्यक्ष, पशुपती ढकाल

वडा नम्बर ५ अध्यक्ष, धर्मानन्द भट्ट

वडा नम्बर ६ अध्यक्ष, लालबहादुर सिंह

वडा नम्बर ७ अध्यक्ष, मान बहादुर चौधरी

वडा नम्बर ८ अध्यक्ष, तिलक खत्री

वडा नम्बर ९ अध्यक्ष, इन्द्रसिंह धामी

वडा नम्बर १० अध्यक्ष, धनबहादुर बम

वडा नम्बर ११ अध्यक्ष, गीता ओली

वडा नम्बर १२ अध्यक्ष, भवनराज पन्त

वडा नम्बर १३ अध्यक्ष, महेशदत्त भट्ट

वडा नम्बर १४ अध्यक्ष, सीता सिंह

वडा नम्बर १५ अध्यक्ष, दामोदर भट्ट

वडा नम्बर १६, अध्यक्ष, जयराज भट्ट

वडा नम्बर १७, अध्यक्ष, जयराज कलौनी

​वडा नम्बर १८, अध्यक्ष, प्रशान्त भट्ट

वडा नम्बर १९, अध्यक्ष, हर्क सिंह भण्डारी

वेदकोट नगरपालिका
वडा नम्बर २, अध्यक्ष, गणेश बोहरा

वडा नम्बर ४, अध्यक्ष, चन्द्रा भट्ट

वडा नम्बर ५, अध्यक्ष, जयराज जोशी

वडा नम्बर ६, अध्यक्ष, निरज केसी

वडा नम्बर ७, अध्यक्ष, गणेश धामी

वडा नम्बर ८, अध्यक्ष, केशब भट्ट

वडा नम्बर ९ अध्यक्ष, जनक बिष्ट

शुक्लाफाँटा नगरपालिका
वडा नम्बर १ अध्यक्ष, अक्कर विष्ट

वडा नम्बर २ अध्यक्ष, बोधु डगौँरा

​वडा नम्बर ३ अध्यक्ष, लक्ष्मण चौधरी

वडा नम्बर ५ अध्यक्ष, जनक खडायत

​वडा नम्बर ६ अध्यक्ष, जनक साउद

वडा नम्बर ७ अध्यक्ष, प्रताप धामी

वडा नम्बर ८ अध्यक्ष, कृष्ण ठगुन्ना

वडा नम्बर ९ अध्यक्ष, भगरु चौधरी

वडा नम्बर १० अध्यक्ष, गोदावरी मार्कण्ड

​वडा नम्बर ११ अध्यक्ष, राजेश शाही

वडा नम्बर १२ अध्यक्ष, पार्वती भाट

दोधारा–चाँदनी नगरपालिका
वडा नम्बर १ अध्यक्ष, गोविन्द धानुक

​वडा नम्बर २ अध्यक्ष, राजेन्द्र भाट

वडा नम्बर ३ अध्यक्ष, हर्ममान श्रेष्ठ

वडा नम्बर ४ अध्यक्ष, पृथबहादुर शाही

वडा नम्बर ५ अध्यक्ष, मोहनबहादुर चन्द

वडा नम्बर ६ अध्यक्ष, भीम आले

वडा नम्बर ७ अध्यक्ष, तिलबहादुर सुनार

वडा नम्बर ८ अध्यक्ष, हरिबहादुर खड्का

वडा नम्बर ९ अध्यक्ष, गोपीलाल कँडेल

वडा नम्बर १० अध्यक्ष, हिमाल कठायत

पुनर्वास नगरपालिका
वडा नम्बर २, अध्यक्ष, हिरा साउँद

​वडा नम्बर ३, अध्यक्ष, पावल तामाङ

वडा नम्बर ४, अध्यक्ष, गणेश तिमिल्सेना

​वडा नम्बर ५, अधयक्ष, टेकबहादुर बोहरा

वडा नम्बर ६, अध्यक्ष, अमित रोकाया

वडा नम्बर ७, अध्यक्ष, सुनबहादुर तामाङ

वडा नम्बर ९, अध्यक्ष, लक्ष्मण बिक

वडा नम्बर १०, अध्यक्ष, विष्णु केसी

वडा नम्बर ११, अध्यक्ष, भुपेन्द्र अधिकारी

बेलौरी नगरपालिका
वडा नम्बर १, अध्यक्ष, मायाराम ढुंगाना

वडा नम्बर २, अध्यक्ष, सरस्वती रेग्मी

वडा नम्बर ३, अध्यक्ष, शिवराज जोशी

वडा नम्बर ४, अध्यक्ष, रुद्रप्रसाद अधिकारी

वडा नम्बर ५, अध्यक्ष, गुरीलाल चौधरी

वडा नम्बर ६, अध्यक्ष, सन्तोष चौधरी

वडा नम्बर ७, अध्यक्ष, दिनेश चन्द

वडा नम्बर ८, अध्यक्ष, जोहारलाल राना

वडा नम्बर ९, अध्यक्ष, गंगादत्त भट्ट

वडा नम्बर १०, अध्यक्ष, भानुभक्त ओझा

कृष्णपुर नगरपालिका
वडा नम्बर १, अध्यक्ष, गोविन्द माल

वडा नम्बर २, अध्यक्ष, कमलसिंह पाण्डेय

वडा नम्बर ३, अध्यक्ष, गंगाराम चौधरी

वडा नम्बर ४, अध्यक्ष, हरी कार्की

वडा नम्बर ५, अध्यक्ष, नारायण बडू

वडा नम्बर ६, अध्यक्ष, भक्त बहादुर रावल

वडा नम्बर ७, अध्यक्ष, नरेश जोशी

वडा नम्बर ८, अध्यक्ष, देवी प्रसाद भट्ट

वडा नम्बर ९ अध्यक्ष, लोकेन्द्र ऐर

लालझाडी गाउँपालिका
वडा नम्बर १, अध्यक्ष, झेलसिंह राना

वडा नम्बर २, अध्यक्ष, नारायण राना

वडा नम्बर ३, अध्यक्ष, छेदकलाल राना

वडा नम्बर ४, अध्यक्ष, कालुसिंह धामी

वडा नम्बर ५, अध्यक्ष, अमरसिंह धामी

वडा नम्बर ६, अध्यक्ष जीतबहादुर चौधरी

बेलडाँडी गाउँपालिका
वडा नम्बर १, अध्यक्ष, कमलसिंह डडाल

​वडा नम्बर २, अध्यक्ष, गणेशदत्त भट्ट

वडा नम्बर ३, अध्यक्ष, जयबहादुर विष्ट

वडा नम्बर ४, अध्यक्ष, रतनबहादुर खड्का

वडा नम्बर ५, अध्यक्ष, अमरबहादुर रोकाया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .