नेपाली कांग्रेसले अर्को महिना हुने उपनिर्वाचनको उम्मेदवार टुंगो आगामी आइतबार लगाउने भएको छ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कास्कीको प्रतिनिधिसभा, दाङ, बागलुङ र भक्तपुरको प्रदेशसभा उम्मेदवार घोषणा १७ गते गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बिहीबारको बैठकमा जागरण अभियानको दुवै चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसहित पार्टी पदाधिकारी बैठक बसेको थियो। बैठकले भोलि (शुक्रबार) १५ गते केन्द्रीय समिति बैठक डाक्ने निर्णय पनि गरेको छ।
उपचुनावमा कास्की,दाङ,बागलुङ र भक्तपुरका उम्मेदवार बारे !
जागरण अभियानको दुवै चरणमा खटिनु भएका केन्द्रीय प्रतिनिधिहरु सहित पार्टी पदाधिकारी बैठक सम्पन्न हुँदै l भोलि १५ गते केन्द्रीय समिति बैठक l संभवत १७ गते सांझसम्म उम्मेदवार घोषणा हुने ! pic.twitter.com/wUWoOMBfYd
प्रवक्ता शर्माले एक ट्वीट गर्दै १७ गते साँझसम्म उम्मेदवार घोषणा हुने जानकारी गराएका हुन्। उपनिर्वाचन आगामी मंसिर १४ गते हुँदै छ। उपनिर्वाचनको आचारसंहिताबारे छलफल गर्न अहिले निर्वाचन आयोगमा छलफल भइरहेको छ।
प्रतिक्रिया