ad ad

राजनीति


भर्खरै निर्वाचित आफ्ना वडा उपसभापति एक्कासि एमालेको वडा सचिव बनेपछि कांग्रेस छक्क!

भर्खरै निर्वाचित आफ्ना वडा उपसभापति एक्कासि एमालेको वडा सचिव बनेपछि कांग्रेस छक्क!

फाइल तस्बिर : कांग्रेसकाे वडा उपसभापतिबाट एमालेको वडा सचिव बनेका डाेबाल (अघिल्लाे)।


गोकुल जोशी
कात्तिक ७, २०७८ आइतबार ९:३२, काठमाडौँ

दार्चुलामा नेपाली कांग्रेसका एक जना वडा उपसभापति एमाले पार्टीमा प्रवेश गरेका छन्।

जिल्लाको महाकाली नगरपालिका–२ का कांग्रेस वडा उपसभापति शंकरसिंह डोबाल एमालेमा प्रवेश गरेका हुन्। 

उनी महाकाली नगरपालिका–२ मा शनिबार सम्पन्न एमालेको वडा अधिवेशनबाट सचिव बनेका हुन्। 

यसअघि असोज ९ मा भएको कांग्रेसको वडा अधिवेशनमा डोबाल उपसभापति चयन भएका थिए।

‘उहाँ (डोबाल) ले पार्टी छाड्ने भन्ने कुरा सभापतिज्यू, हामी कसैलाई पनि जानकारी दिनुभएन’, नेपाली कांग्रेसबाट निर्वाचित महाकाली नगरपालिका–२ का वडासदस्य गणेश सिंह फरालले नेपालखबसँग भने, ‘एक्कासि हिजो एमालेको वडा सचिव बन्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .