ad ad

राजनीति


बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ मा सुनाउने

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ मा सुनाउने

नेपालखबर
असोज १८, २०७८ सोमबार १७:२०, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिटमाथि आगामी कात्तिक १५ गते निर्णय आउने भएको छ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरमै पेशी तोकेर गरिएको सुनुवाइपछि निर्णय मिति तोकिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा दुवैमाथि कारबाही मागसहित रिट दायर गरेका थिए। 

अख्तियारले तत्कालीन मन्त्रीहरु विजय गच्छदार र चन्द्रदेव जोशी लगायतविरुद्ध मुद्दा चलाएको थियो। तर दुई प्रधानमन्त्रीलाई मन्त्रिपरिषद्को निर्णयकै आधारमा मुद्दा चलाउनु नपर्ने ठहर अख्तियारले गरेको थियो।

यसअघि यस रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरुविरुद्ध मुद्दा नचलाउने निर्णयको फाइल नै अख्तियारबाट झिकाएको थियो। नेता नेपाल प्रधानमन्त्री भएका बेलामा बालुवाटार विस्तार भएको थियो। त्यही निर्णयका कारण नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सरकारी जग्गा पुगेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .