ad ad

राजनीति


सभामुखको पदलाई न्याय गर्न भित्रैदेखि प्रतिवद्ध छु : सापकोटा

सभामुखको पदलाई न्याय गर्न भित्रैदेखि प्रतिवद्ध छु : सापकोटा

नेपालखबर
असोज १८, २०७८ सोमबार १५:४९, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाई बाहिर आएको हो। 

संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए। सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहो¥याए। 

उनले संसदको कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गरे। सभामुख सापकोटाले भने, ‘हामीले जुन प्रण गरेका छौं–संघीय संसदलाई जीवन्त र जनमुखी बनाउने। त्यो शुत्र वाक्यलाई मैले त सधैँभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु। संघीय संसदको कार्यभार असामान्य र असाधारण छ। यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं। हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ। संसद सचिवालयको तर्फबाट पनि पहल गरिएको छ। अहिले मलाई ईतिहासले संघीय संसदको नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ। म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु।’

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दाबी गरे। उनले दर्शन शास्त्रलाई उधृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा समेत राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .