पाकिस्तानले तालिबान प्रमु्ख हिब्तुल्ला अखुन्दजादालाई आतंकवादी संगठन तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) मा आबद्ध मोस्ट वान्टेड आतंककारीको सूची दिएको छ। यो संगठन अफगानिस्तानमा सक्रिय छ। पाकिस्तान ती आतंककारीलाई कारबाही होस् भन्ने चाहन्छ।
रिपोर्टअनुसार टीटीपीले सीमापार आतंक फैलाउन अफगानिस्तानको भूमि प्रयोग गरिरहेको पाकिस्तानले दाबी गरेको छ। यस विषयमा अनुसन्धान गर्न तालिबान प्रमुख अखुन्दजादाले ३ सदस्यीय समिति बनाएका छन्।
171
Shares
प्रतिक्रिया