ad ad

राजनीति


माधव नेपालले पार्टीको नाममा ‘समाजवादी’ शब्द राखेकामा रमाए बाबुराम भट्टराई

माधव नेपालले पार्टीको नाममा ‘समाजवादी’ शब्द राखेकामा रमाए बाबुराम भट्टराई

नेपालखबर
भदौ ६, २०७८ आइतबार ६:२३, काठमाडौँ

​नेकपा एमालेबाट अलग्गिएर माधव नेपाल समूहले गठन गरेको नयाँ दलको नाममा समाजवादी शब्द राखेकामा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन्। 

नेता नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरी निर्वाचन आयोगमा दर्ताका लागि शुक्रबार निवेदन दिइएको छ। 

यसरी आफ्नो पार्टीले जस्तै समाजवादी शब्द राखेकामा डा. भट्टराई रमाएका हुन्। 

‘समाजवाद’ शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य छ।नयाँ दर्ता भएका दलहरूको नाउँबाट त्यस्तै संकेत मिल्छ,’ पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति पनि हो,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब बहस होस् कस्तो समाजवाद? प्रजातान्त्रिक समाजवाद? वैज्ञानिक समाजवाद? समावेशी÷सहभागितामूलक समाजवाद?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .