ad ad

राजनीति


सांसद चौधरीलाई रिहा गर्न जनजाति महासंघको माग

सांसद चौधरीलाई रिहा गर्न जनजाति महासंघको माग

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ११:४,

नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ।

महासंघका अध्यक्ष जगत बरामले कैद भुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौधरीको विना सर्त तत्काल रिहा नभए सरकार विरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिए।

गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरुको काठमाडौं घोषणा पत्र आईतबार सार्वजनिक गर्दै उनले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिहरुलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दवाव दिएको बताए।

सो घोषणा पत्रमा गोर्खा सैनिकमा भर्ती भएका सैनिकका सन्तानहरुलाई वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकतालाई पनि निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ। त्यसैगरी घोषणा पत्रमा आदिवासी जनजाति संघ, संस्थाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै एकजुट भएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .