नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई गतिहीन बनाइराख्ने प्रयत्नलाई स्वीकार गर्न नसकिने बताएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपालप्रति संकेत गर्दै महासचिव पोखरेलले आपत्ति प्रकट गरेका हुन्।
पार्टीको गतिमा सामेल हुनेहरूलाई जतिबेला पनि स्वागत गर्न आफूहरू तयार रहे पनि पार्टीको गतिलाई नै अवरुद्ध बनाउने प्रयास गलत भएको उनको टिप्पणी छ।
‘पार्टी गतिहीन भएर रहन सक्तैन । आफ्नै गतिका साथ अगाडि बढ्छ, बढिरहन्छ,’ पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसको गतिमा सामेल भएर योगदान गर्न आउनुहुने सबै साथीहरूलाई स्वागत छ। जहिले सहज हुन्छ– आउँदा हुन्छ, सधैं स्वागत छ। तर जुनसकै कारणले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न सकिन्न।’
माधव नेपालले आफूहरू पार्टी एकताकै पक्षमा रहेको बताए पनि अहिलेसम्म सार्थक सहमति भने हुन सकेको छैन।
अर्काे कुरा– नेपाल पक्षका दोस्रो तहका नेताहरू ओली पक्षसँग तुरुन्त एकता गर्न इच्छुक देखिए पनि स्वयं नेता नेपाल भने अझै सकारात्मक हुन सकेका छैनन्।
Shares
प्रतिक्रिया