प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका ६१ जना, माओवादी केन्द्रको ४९ जना, जनता समाजवादी पार्टी (जसपा) को दुवै समूहका ३२ जना, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिए।
देउवालाई विश्वासको मत दिँदा एमाले विभाजित भएको थियो। एमालेको केपी शर्मा ओली समूहकै ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका छन्। उता एमालेकै माधवकुमार नेपाल समूहका १४ जनाले विश्वासको मत दिँदा १० जना मतदानमै सहभागी भएनन्।
देउवालाई विश्वासको मत दिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भने मत दिन्न भनेका थिए। त्यसैगरी एमालेका सहित ८३ जना सांसदहरुले विपक्षमा मत दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा सहभागी भएका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले पनि देउवाले मत दिएका थिए।
Shares
प्रतिक्रिया