ad ad

राजनीति


इन्डो–प्यासिफिक रणनीतिको आलोचना गर्दै चीनले भन्योः विश्वभर द्वन्द्व निम्तनुमा अमेरिका जिम्मेवार

इन्डो–प्यासिफिक रणनीतिको आलोचना गर्दै चीनले भन्योः विश्वभर द्वन्द्व निम्तनुमा अमेरिका जिम्मेवार

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङ


नेपालखबर
असार १९, २०७८ शनिबार १७:२७,

विश्वभर द्वन्द्व निम्तनुको प्रमुख कारक अमेरिका रहेको चीनले आरोप लगाएको छ।

चीनका विदेशमन्त्री वाङ यीले शनिबार अफगानिस्तान, इरान लगायत विश्वका धेरै स्थानमा द्वन्द्व निम्तनुमा अमेरिका कारक रहेको बताएका हुन्।

उनले आफ्नो देश चीनलाई भने सबै देशको रक्षक र मित्रवत छिमेकीको संज्ञा दिए।

शनिबार राजधानी बेइजिङमा सिंवा युनिभर्सिटीले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सम्मेलनलाई सम्बोधन गर्दै वाङले विश्वका हरेक द्वन्द्वमा अमेरिका प्रत्यक्ष संलग्न देखिएको बताएका हुन्। 

वाङले अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको पनि आलोचना गरे। उनले इन्डो–प्यासिफिक रणनीतिलाई भद्दा शीतयुद्धको मानसिकता भएको उल्लेख गरे।

वाङ यस विषयमा भन्छन्,‘इन्डो–प्यासिफिक रणनीतिको उद्देश्य भू–राजनीतिक संघर्षमा चीन विरोधी देशहरुको एउटा विशेष घेरा बनाउनु हो। यो इतिहासमा पछाडि हिंडिरहेको छ जुन शीतयुद्ध मानसिकताको पुनरावृत्ति हो जसलाई रद्दीको टोकरीमा फ्याँक्नु आवश्यक छ।’

चीनलाई घेर्ने रणनीतिअनुसार अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डो–प्यासिफिक रणनीति अबलम्ब गरेका थिए। हाल जो बाइडेन प्रशासनले पनि चीनविरुद्ध सोही नीति लिएको देखिएको छ।

यद्यपी यीले आजको चीन सयवर्ष अगाडिको चीन नभएको बताउँदै चीनको क्षमतालाई नजरअन्दाज नगर्न चेतावनी दिए।
 
बिहीबार मात्र चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीमा राष्ट्रपति सी चिनफिङले चीन अर्काले दबाउने शक्ति नभएको र मुखभरी जवाफ दिनसक्ने राष्ट्र भएको बताएका थिए। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .