आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन्।
सो अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ। तामाङ समुदायको विभिन्न संघसंस्थाले टुँडिखेल वरपर साँस्कृतिक झाँकीसहितको र्याली पनि निकालेका छन्।
ल्होछारमा तामाङ समुदायलाई शुभकामना दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए।
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ।
टुँडिखेलका केही तस्बिरहरूः
393
Shares
प्रतिक्रिया