नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्।
शनिबार साँझ पाँच बजेर १२ मिनेट जाँदा राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलमै पुगेर चिनियाँ समकक्षी सीलाई स्वागत गरेकी हुन्।
राष्ट्रपति सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल र उपेन्द्र यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख लगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थलमा पुगेर स्वागत गरेका थिए।
प्रतिक्रिया