आज श्रीपञ्चमी अर्थात् धार्मिक मान्यताअनुसार विद्याकी देवी सरस्वतीको पूजा र आराधना गर्ने दिन। विद्यार्थीहरुलाई अध्ययनमा अभिप्रेरित गर्ने पर्व।
यही दिन साना नानीहरुले कोर्छन् जीवनकै पहिलो अक्षर। अभिभावकहरु साना बालबालिकालाई आजकै दिन अक्षरारम्भ गराउँछन्– भित्तामा क..ख..ग...कोराएर।
स्वयम्भूमा रहेको सरस्वती मन्दिरमा आज यस्तै चहलपहल भयो, साना बालबालिकाले भित्तामा अक्षर कोरे।
हिन्दू धर्मावलम्बीहरुले आजको दिनलाई विशेष पर्वका रुपमा मनाउँछन्। नेपाल, भारतलगायतका देशमा श्रीपञ्चमी मनाउने चलन छ। वसन्त ऋतुको आगमनको रुपमा पनि यो दिनलाई हेर्ने चलन छ।
हेर्नुहोस् तस्बिरहरुः
प्रतिक्रिया