पूर्व सशस्त्र डीआईजी रन्जन कोइराला प्रकरणमा अदलतको आदेश त्रुटिपूर्ण भएको भन्दै साझा पार्टीले ललितपुरको पाटनमा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले न्यायको तराजु रक्ताम्मे भएर भुईंमा ढलेको प्रतिकात्मक रुपमा देखाएका छन्।
श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि जिल्ला र तत्कालिन पुनरावेदन अदालतले जन्मकैद सजाय सुनाएका कोइरालालाई हालै सर्वोच्चले करिब ११ वर्ष कैद मिनाहा गरेपछि त्यसको चौतर्फी विरोध भएको छ।
साझा पार्टीले फैसला सुनाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेको छ।
प्रतिक्रिया