ad ad

फोटोफिचर


पूर्व डीआईजी कोइरालालाई सजाय छुट दिने फैसलाविरुद्ध बानेश्वरमा प्रदर्शन (फोटोफिचर)


प्रविन कोइराला
साउन ९, २०७७ शुक्रबार १४:९,

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएको बिरोधमा विवेकशील दलका नेतालगायत युवाहरुले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन्।

आफ्नै श्रीमतीलाई २०६८ सालमा हत्या गरेर लास वेपत्ता पार्न मकवानपुरमा लगी जलाएका कोइराला पछि पक्राउ परेका थिए।

श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला र उच्च (तत्कालीन पुनरावेदन) अदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैद (२० वर्ष) जेल सजाय तोकेका थिए।

तर गत असार १५ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि कोइराला बिहीबार जेलमुक्त भएका हुन्।

त्यसपछि बिभिन्न समुह अदालतको सो फैसलाबिरुद्ध आन्दोलित भएको छ।

विवेकशील दलकी नेता रञ्जु दर्शना लगायत युवाहरुले शुक्रबार साँझ राँके जुलुस निकालेका थिए। निषेधित क्षेत्र तोडेको भनी प्रहरीले रञ्जुसहित पुरुषेत्तम ढुंगेल र रामजी पन्तलाई पक्राउ गरेको थियो।

सोही फैसलाको विरोधमा शुक्रबार अपरान्ह गीता ढकालका बुवालगायत आफन्त र बिभिन्न समुहले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .