पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीनमध्ये २ जनामा संक्रमण पुष्टि भएसँगै वरपर सन्नाटा छाएको छ। १ जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिए पनि बुहारीको कोरोना नेगेटिभ देखिएको छ।
बेलायतबाट चैत ५ गते नेपाल फर्केका उनीहरु सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आएका छन् ।
कोरोना पुष्टि भएपछि वरपर सुनसान छ भने निस्संक्रामक औषधि छर्किन थालिएको छ।
प्रतिक्रिया