उज्यालोको पर्व तिहार नेपालीहरूको घर घरमा भित्रिसकेको छ। काठमाडौं लगायतका देशका मुख्य सहरहरूमा केदी दिनदेखिनै भिलिमिलि बत्तीको रौनकले तिहारको झल्को दिन थालेको छ।
तिहार लागेसँगै सहरले आफ्नो स्वरुप फेर्दै गएको छ। काठमाडौंका मुख्य मल र सडकमा भिलिमिलि बत्तीले सजिएका छन्।
कार्यालयबाट थाकेर फर्किएका र आफ्ना दैनिक काम सकेर फर्कनेहरूलाई यी भिलिमिली बत्तीले छुट्टै आनन्द प्रदान गर्छ।
तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो।
यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ।
पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ।
तस्बिरहरूः
129
Shares
प्रतिक्रिया