ad ad

फोटोफिचर


खाद्यसंस्थानको पसलमा कुहिएको चामल (फोटोफिचर)


प्रविन कोइराला
पुस १३, २०७६ आइतबार ८:२,

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षणविभागले खाद्य संस्थानको पसल अनुगमन गरेको छ। आइतबार विभागको टोलीले थापाथलीस्थित खाद्य संस्थानको पसल अनुगमन गरेको हो।

विभागका बजार अनुगमन समिति संयोजक नरबहादुर धामीको नेतृत्वमा गएको टोलीले संस्थानभित्र बिक्री नभएको चामल कुहिएको अवस्थामा फेला पारेको थियो। अनुगमनमा समिति सदस्य एलपी सावा लिम्बूलगायतका टोली सहभागी थिए।

अनुगमनका क्रममा पसलभित्र लेबलिङ नभएको, म्याद मिति समेत नभएको खाद्य पदार्थ बिक्रीमा राखिएको भेट्टाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .