बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागेको छ।
काठमाडौं उपत्यकामा बिहान ८ बजेर ४३ मिनेटमा सूर्यग्रहण सुरु भएकाे थियाे।
नेपालको पश्चिम महेन्द्रनगरमा भने ८ बजेर ३८ मिनेट र पूर्व भद्रपुरमा ८ बजेर ४८ मिनेटमा ग्रहण सुरु भएको खगोलविद्ले बताएका छन्।
काठमाडौंमा १० बजेर १ मिनेटमा अधिकतम रूप लिँदा केही अँध्यारो र तापक्रम पनि घट्नेछ। ग्रहण ११ बजेर ३३ मिनेटमा सकिएकाे छ।
यो ग्रहण २०७६ सालको अन्तिम हो। यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो।
प्रतिक्रिया