टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्ने चर्चा चलिरहेका बेला उनकी पत्नी एवम् संघीय सांसद रञ्जिता श्रेष्ठ चौधरी डिल्ली बजार जेल पुगेकी छन्।
रेशम छुटाउने कानुनी बाटो खोल्न सरकारले अध्यादेश ल्याउने तयारी गरेसँगै उनी डिल्ली बजार सदरखोर पुगेकी हु्न्।
केही कार्यकर्तासहित पुगेकी उनले त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै रेशम छुट्ने प्रक्रिया अघि बढेको भन्दै केही समय अझै लाग्ने उल्लेख गरिन्।
'अध्यादेश ल्याउने प्रक्रिया सुरु भएको छ। उहाँ छुट्न अझै केही समय लाग्न सक्छ', उनले भनिन्, 'सरकारले जनमतको सम्मान गर्न लागेको छ। यसमा हामी खुसी छौँ।'
189
Shares
प्रतिक्रिया