विश्वकप फुटवल अबको खेल निःशुल्क हेर्न पाइने भएको छ।
विश्वकप फुटबल २०२२ को अब तीनवटा खेल मात्र बाँकी छन्। दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासंघ (फिफा)को नीतिअनुसार नेपालमा पनि निःशुल्क देखाइन लागेको हो।
विश्वकप २०२२ का खेल हेर्न नेपालमा ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो। तर फिफा को नियमअनुसार नै उद्घाटन खेल र अन्तिम ३ खेल निःशुल्क देखाउनुपर्ने अवस्था छ।
सोहीअनुसार अब अतिरिक्त शुल्क नतिरेकाले पनि विश्वकप फुटबल हेर्न पाउने भएका हुन्।
नेपालका लागि प्रसारण अधिकार मिडिया हबले पाएको छ। जसले हिमालयन टेलिभिजनको सहयोगमा विश्वकप देखाइरहेको छ। अबको खेल सित्तैमा हिमालय एचडी टीभीबाटै हेर्न पाइने जानकारी मिडियाहबले दिएको छ।
यसअघि हिमालयन प्रिमियम नामक नयाँ नेटवर्क तयार गरिएको थियो। यस नेटवर्कबाट पनि आउने र हिमालयन टेलिभिजनको नियमित प्रसारणबाट समेत अबको खेल प्रसारण हुने मिडियाहबको भनाइ छ।
Shares
प्रतिक्रिया