१३ औं साग अन्तर्गत आइतबार नेपाल र बंगलादेशबीचको फुटबल खेलमा नेपाल विजयी भएको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशमाथि १-० को जित हात पारेको हो।
यस जितसँगै नेपाल साग फुटबलको फाइनलमा प्रवेश गरेको छ। नेपालले मंगलबार स्वर्णका लागि भुटानसँग खेल्नेछ।
नेपालको जितका लागि सुनिल बल नायक बने। कप्तान सुजल श्रेष्ठको पासमा खेलको ११ औं सुनिल बलले नेपालका लागि सुरुवाती गोल गरेका थिए। अन्ततः त्यही गोल खेलका लागि निर्णायक सावित भयो।
(फाेटाे; स्नेहा केसी)
प्रतिक्रिया