पेट्रोलियम पदार्थ र अन्य दैनिक उपभोग्य सामानको चर्को मूल्यवृद्धिवरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले निरन्तर प्रदर्शन गरिरहेको छ।
बिहीबार साँझ पनि युवा संघले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको विरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा मशाल जुलुस निकाल्यो।
त्यसक्रममा प्रहरीसँग झडप पनि भएको छ। युवासंघको कार्यालयबाट मसाल जुलुस निस्किएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीले सरकारी गाडी पनि तोडफोड गरिदिएका छन्।
संघले पेट्रोलियमको मूल्यवृद्धि,सवारीसाधनमा महंगो मूल्यमा इम्बोस्ड नम्बर प्लेट जडानसहितका निर्णयविरुद्ध दैनिकजसो प्रदर्शन गरिरहेको छ।
60
Shares
प्रतिक्रिया