पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन सुरु गरिएको छ।
आजदेखि सुरु भएको खोप अभियान असार १५ गतेसम्म जारी रहने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार काठमाडौं जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी छ।
यस्तै, देशभरि ३९ लाख बालबालिकाले खोप लगाउने छन्।
बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्।
यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा खोप आएको थियो।
66
Shares
प्रतिक्रिया