चर्चित टेलिभिजनकर्मी रवि लामिछानेले मंगलबारदेखि राजनीतिक यात्रा थाल्दैछन्।
उनले आगामी राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा कार्यक्रम गरेका छन्।
उनले कार्यक्रममा सम्बोधन गर्दै आफू कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन्।
उक्त कार्यक्रममा अहिले सुरु भएको छ। उनी राजनीतिक यात्रा थालनीका लागि राष्ट्रिय सभागृहमा प्रवेश गरेका छन्।
काँधमा राष्ट्रिय झण्डा बेरेर आएका उनले सुरुमा उपस्थित सर्वसाधारणतिर फर्किएर स्यालुट गरे।
त्यसपछि मञ्चमा रहेको पोडियममा पुग्दै आफूलाई साथ दिन आएका सर्वसाधारण र सेलिब्रिटीहरुलाई नमस्कार गरे।
522
Shares
प्रतिक्रिया